गृहपृष्ठ सिम टिभी डिस होमले किन्यो
सिम टिभी डिस होमले किन्यो
सिम टिभी डिस होमले किनेको छ । डिस मिडिया नेटवर्क लिमिटेड र सिम्पल मिडिया नेटवर्क प्रा.लि.बीच खरिद सम्झौता भएको हो ।
यसका साथै सिम टिभीको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी डिस मिडिया नेटवर्कले लिएको पनि विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
सिम टिभी किनेको डिस मिडिया नेटवर्कले निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निस्काशन गर्ने भएको छ । खरिदपछि ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा प्रदान गर्ने डिस मिडिया नेटवर्कले जनाएको छ ।
प्रकाशित समय १७:०१ बजे

















