गृहपृष्ठ डा. केसीका माग पूरा नभए सडक आन्दोलन : महेन्द्र यादव
डा. केसीका माग पूरा नभए सडक आन्दोलन : महेन्द्र यादव
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता महेन्द्र यादवले डा. गोविन्द केसीका सबै माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । उनले डा. केसीका माग पूरा नभए जनताले माफी नदिनेसमेत बताए ।
सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै यादवले यस्तो बताएका हुन् । ‘केसीले उठाएका सबै मागहरु सरकारले पूरा नगरे सरकारलाइ जनताले कुनै हालतमापनि माफी दिँदैनन्,’ यादवले भने, ‘आवश्यक पर्यो भने हामी सडक संघर्षमा समेत उत्रिन्छौं ।’
डा. केसीको मागलाई कांग्रेसले राजनीतिक रंग दिन खोजेको आरोप लागीरहेको सन्दर्भमा यादवले केसीको सत्याग्रहलाई राजनीतिक रंग दिन नहुने धारणा राखे । केसीको अनशनलाई राजनीतिक रुपले हेर्नु नहुने उल्लेख गर्दै यादवले उनमा कुनै स्वार्थ नभएको दावी गरे ।
प्रकाशित समय १६:५१ बजे
















