गृहपृष्ठ सरकार तानाशाही भएको कांग्रेसको निष्कर्ष, देशव्यापी आन्दोलन घोषणा

सरकार तानाशाही भएको कांग्रेसको निष्कर्ष, देशव्यापी आन्दोलन घोषणा

congress-newskarobar.com

प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार तानाशाही भएको निष्कर्ष निकाल्दै सरकारविरुद्ध देशव्यापी सडक आन्दोलन घोषणा गरेको छ । महामन्त्री डा. शशांक कोइरालाले मंगलबार विज्ञप्ति जारी गरी आन्दोलनका चरणबद्ध कार्यक्रम घोषणा गरेका हुन् ।
संघीय सरकार र प्रदेश सरकारहरु लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्मअनुसार अगाडि नबढेको कांग्रेसको आरोप छ । विज्ञप्तिमार्फत कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिहरुलाई निर्देशन दिएको छ ।
जिल्ला–जिल्लामा हुने विरोध प्रदर्शनमा सहभागी हुन जिल्लाका भ्रातृ तथा शुभेच्छुक संस्था, क्षेत्र, गाउँ र नगर इकाइलाई पनि निर्देशन जारी गरिएको छ ।

प्रकाशित समय १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु