गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं
राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्सबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिल्सिनाले बिहीबार हस्ताक्षर गरे । सम्झौतासँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले आफ्नो धितो तथा अन्य सम्पत्तिको बिमा नेको इन्स्योरेन्सबाट गर्न सक्ने भएका छन् ।
बैंकले ७४ जिल्लामा २ सय ४ शाखा, १ सय ३५ एटिएम र ९३ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गरिरहेको छ । गत आर्थिक वर्षमा बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रकाशित समय ०८:२२ बजे

















