गृहपृष्ठ मोहन वैद्य डा. केसी भेट्न अस्पतालमा
मोहन वैद्य डा. केसी भेट्न अस्पतालमा
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले शनिबार शिक्षण अस्पताल पुगी अनसनरत डा. गोविन्द केसीलाई भेटी उनको स्वास्थ्यबारे जानकारी लिएका छन् ।
महासचिव वैद्यले डा. केसीलाई भेटी उनको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको बताएका डा. केसीका सहयोगी विशद दाहालले जानकारी दिए । शनिबार साँझ अस्पताल पुगेका वैद्यले डा. केसीलाई आफ्नो स्वास्थ्यको ख्याल राख्नपनि आग्रह गरेका दाहालले जानकारी दिए ।
चिकित्सा शिक्षा क्षेत्रको माग राखेर डा. केसी १५ औं पटकको २२ दिनको आमरण अनसनमा छन् । असार १६ मा जुम्लामा अनसन शुरु गरेका डा. केसीलाई सरकारले गत बिहीबार काठमाडौं ल्याएपनि उनले कुनै पनि स्वास्थ्य परीक्षण गराउन र औषधि लिन अस्वीकार गर्दै आएका छन् ।
साधारण स्लाइन मात्र लिने बताएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र कुनैपनि समयमा अप्ठेरोमा पर्न सक्ने बताइएको छ ।
(रासस)
प्रकाशित समय २०:५५ बजे
















