गृहपृष्ठ प्रधानमन्त्रीलाई देउवाको चेतावनी : सदन र सडक दुवै ठाउँबाट प्रतिवाद गर्छाैं
प्रधानमन्त्रीलाई देउवाको चेतावनी : सदन र सडक दुवै ठाउँबाट प्रतिवाद गर्छाैं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार प्रधानमन्त्रीलाई भेटेर अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्न सुझाव दिएका छन् । बानेश्वरमा कांग्रेसका भातृ संगठनले गरेको आन्दोलनमा झडप भएपछि शनिबार प्रधानमन्त्रीलाई भेट्न पुगेका देउवाले यस्तो सुझाव दिएका छन् ।
शनिबार दिउँसो डा. केसीको समर्थनमा कांग्रेसका भातृ संगठनले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो । सोही झडपका क्रममा प्रदर्शनकारीहरुले प्रदेश सरकारका मन्त्रीको गाडी तोडफोड गरेका थिए ।
ओलीलाई भेट्न पुगेका देउवाले शान्तिपूर्ण आन्दोलनमा दमन नगर्न सुझाव दिएका छन् । उनले प्रदर्शनकारीमाथि सरकारी रवैया यस्तै रहे थप कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री ओलीलाई आफू नेतृत्वको सरकारले ल्याएको अध्यादेश पारित गराउन सुझाव दिएका देउवाले तत्कालै वार्ता गर्न आग्रहसमेत गरे ।
सरकार मनपरी ढंगले चल्न खोजेको भन्दै दर्ता भएको विधेयक अघि बढाए सदन र सडक दुबे ठाउँबाट आन्दोलन चर्काउने चेतावनी दिए ।
प्रकाशित समय २१:०० बजे
















