गृहपृष्ठ विश्व हिन्दु महासंघका अध्यक्ष सिंहको निधन, अन्तिम श्रद्धाञ्जलीका लागि बनकालीमा राखिने

विश्व हिन्दु महासंघका अध्यक्ष सिंहको निधन, अन्तिम श्रद्धाञ्जलीका लागि बनकालीमा राखिने

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ । ललितपुरको बयोधा अस्पतालमा उपचारको क्रममा सिंहको बिहान ३ बजे निधन भएको महासंघका सचिव देवीप्रसाद आचार्यले बताए । ८५ वर्षिय सिंहको पिसाब नलीमा संक्रमण देखिएको थियो । ३ सातादेखि अस्पताल भर्ना भएका सिंहलाई पछिल्लो समय निमोनिया समेत भएको थियो ।

सिंहको निधनको खबर पाएपछि बिहानै उनका शुभचिन्तकहरु बयोधा अस्पताल परिसर पुपुेका छन् । दिउसो साढे १२ बजे श्रद्धाञ्जलीको उनको पार्थिव शरीर पशुपतिनाथस्थित बनकालीमा राख्ने र आजै अन्तिम संस्कार गर्ने महासंघले तयारी गरेको छ । आचार्यका अनुसार बनकाली स्थीत हंश मण्डपमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । भारतबाट समेत सिंहलाई श्रद्धाञ्जली दिन हिन्दुवादी नेता तथा धर्मगुरुहरु नेपाल आउने बताइएको छ । उनलाई नेपाली सेनाले अन्तिम सलामी दिनेछ । सिंहले नेपाली सेनामा महासेनानी (जर्नेल) बाट अवकाश पाएका थिए । उनकी श्रीमतीको भने निधन भइसकेको छ ।
मुलुकमा धर्म निरपेक्ष राज्य घोषणा भएपछि सिंहले नेपाललाई हिन्दु अधिराज्य बनाउनुपर्ने भन्दै त्यसको अगुवाई गर्दै आएका थिए । सिंहको निधनले हिन्दु राज्य निर्माण गर्ने अभियानमा ठेस पुगेको विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका सचिव आचार्यले बताए ।

प्रकाशित समय ०९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु