गृहपृष्ठ डा. केसीलाई नारायणकाजी श्रेष्ठले भेटे
डा. केसीलाई नारायणकाजी श्रेष्ठले भेटे
अनसनरत डा. गोविन्द केसीलाई नारायणकाजी श्रेष्ठले आइतबार भेट गरेका छन् । सरकारले संसदमा दर्ता गराएको चिकित्सा शिक्षा अध्यादेश फिर्ता गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध अनसनमा रहेका डा. केसीलाई सत्तारुढ नेकपाका प्रवक्त श्रेष्ठले आइतबार भेटेका हुन् ।
श्रेष्ठ डा. केसीलाई भेट्न उनी अनसनरत शिक्षण अस्पताल पुगेका हुन् । भेटमा श्रेष्ठले डा. केसीलाई स्वास्थ्य परीक्षण नगर्ने अडानमा पूनर्विचार गर्न आग्रह गरेका थिए । श्रेष्ठले डा. केसीले उठाएको मुद्धा कुन ठीक कुन बेठीक छलफलको विषय भएकाले स्वास्थ्य परीक्षण गर्न दिन आग्रह गरेका थिए । डा. केसी २३ दिनदेखी अनसनमा छन् ।
प्रकाशित समय २१:०२ बजे
















