गृहपृष्ठ आजदेखि महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता

आजदेखि महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता

mahila-football-newskarobar फाइल तस्बिर

 

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा उप राष्ट्रपति महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता हुने भएको छ । आजबाट सुरु हुन लागेको प्रतियोगिता साउन १५ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने प्रतियोगितामा पाँच टोलीले सहभागिता जनाउने एन्फाले जनाएको छ । एन्फाले दिएको जानकारी अनुसार सहभागी पाँच टोलीमा तीन विभागीय छन् । एन्फाका अनुसार नेपाल पुलिस क्लब, एपिएफ क्लब र नेपाल आर्मीसहित काठमाडौैं र रौतहटले प्रतिश्पर्धामा भाग लिँदैछन् ।

प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा हुने उन्फाको भनाई छ । सोमबार दिउँसो १ बजे उद्घाटन खेल हुने र त्यसमा नेपाल पुलिस र नेपाल आर्मीबीच प्रतिश्पर्धा हुने जानकारी दिइएको छ । प्रतियोगितालाई आसन्न साफ च्याम्पियनसिपमा खेलाडी छनोट गर्ने आधारका रुपमा समेत हेरिएको छ ।

प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख, तेस्रो तथा सहभागी सबै टिमले ५० हजार पाउँनेछन् भने उत्कृष्ट महिला खेलाडीलाई २५ हजार दिइने भएको छ । त्यसैगरी उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकहरुकोसमेत छनोट हुनेछ । उनीहरुले जनही १० हजार दिइने एन्फाले जनाएको छ ।

प्रकाशित समय १३:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु