गृहपृष्ठ प्रचण्डले भने– कांग्रेसले अस्थिरता खोज्यो

प्रचण्डले भने– कांग्रेसले अस्थिरता खोज्यो

prachanda-newskarobar

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले अस्थिरता खोजिरहेको आरोप लगाएका छन् । प्रचण्डले कांग्रेसप्रति लक्षित गर्दै भने डा. केसीको अनसनलाई देखाएर देशलाई अस्थिरतातर्फ लैजान लागेको आरोप लगाए ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सम्पूर्ण रुपले निजी क्षेत्रलाई उन्मुलन गर्न नसक्ने उल्लेख गरे । निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गरेपछि समस्याको समाधान हुने जस्तो गरी आन्दोलन भइरहेको उल्लेख गरेका उनले तर त्यस्तो नहुने दावी गरे ।

‘राष्ट्रियकरण गरेपछि सबै समस्याको रामवाण त्यही हो कि भने जसरी पनि चर्चा चलेको छ,’ प्रचण्डले भने, ‘तर त्यो सत्य होइन ।’ संविधानले नै निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहकार्यमा आधारित अर्थतन्त्रप्रतिबद्धता जनाएको प्रचण्डको भनाई थियो ।

केही व्यक्तिले डा. गोविन्द केसीको अनसनलाई राजनीतिकरण गरी वैतरणी तर्ने माध्यम बनाएको उनले बताए । उनले आन्दोलनरत पक्ष समस्याको समाधान गर्नेतर्फ भन्दा पनि आफ्नो जिद्दि कायम गर्नेतर्फ केन्द्रित भएको आरोप लगाए । डा. केसीको जीवनरक्षा एवं उनीसँग वार्ताका लागि सरकार लागिरहेको भएपनि केसी पक्षधरहरुले त्यसो हुन नदिएको टिप्पणी गरे ।

प्रकाशित समय १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु