गृहपृष्ठ रेनो सर्भिस क्याम्प अब तपाईंको सहरमा

रेनो सर्भिस क्याम्प अब तपाईंको सहरमा

mnemonic.newskarobar

रेनो नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटो मोबाइल्स् प्रालिले आफ्ना उपभोक्ताको सुविधाका लागि ‘रेनो सर्भिस क्याम्प’ सुरु गरेको छ । साउन ६ गतेदेखि सुरु भएको सर्भिस क्याम्प साउन ८ गतेसम्म नेपालका विभिन्न सहरमा आयोजना हुनेछ, जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउनेछन् ।

रेनोले यो सर्भिस क्याम्पको थिम ‘गिभ योर कार दी बेस्ट केयर’ राखेको छ । जसले ग्राहकलाई पूर्ण सन्तुष्ट हुनेगरी सेवा र सुविधा दिने कम्पनीको विश्वास छ । यसबाट बिक्रीपछिको सेवामा रेनोको उपस्थिति बलियो हुने हामीले विश्वास लिएका छौं ।

सर्भिस क्याम्प साहारा अटोमोबाइल्स एन्ड कम्पनी प्रालि बिर्तामोड झापा, महावीर अटोमोबाइल्स विराटनगर, युनाइटेड अटो कन्सर्न नारायणगढ, जुपिटर ह्वल्स बुटबल, भैरहवा अटो कम्पनी भैरहवा र जोन्छेन ट्रेडर्स पोखरामा सञ्चालन हुनेछ ।

सर्भिस क्याम्पमा सहभागी हुने ग्राहकले निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निःशुल्क, स्पेयर पार्टसमा १० प्रतिशत छुट, निःशुल्क भेइकल चेकअप, धुलाइ र कोलेन निःशुल्क पाउनेछन् ।

प्रकाशित समय २०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु