गृहपृष्ठ कानुनमन्त्री राजीनामाका लागि तयार हुनु सकारात्मक : कांग्रेस

कानुनमन्त्री राजीनामाका लागि तयार हुनु सकारात्मक : कांग्रेस

 

मुख्य विपक्षी नेपाली कांग्रेसले कानुनमन्त्री शेरबहादुर तामाङ राजीनामाका लागि तयार हुनु सकारात्मक भएको टिप्पणी गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले न्युज कारोबारसँग भने, ‘उहाँले राजीनामा गर्न लाग्नुभएको कुरा सत्य हो भने यो सकारात्मक हो तर हाम्रो देशमा दुई-चार घण्टामा धेरै कुरा हुन्छ, बाँकी कुरा २ बजेपछि नै बोलौँला ।’

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिएका नेता महेन्द्र यादवले पनि कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिने निर्णय गर्नु स्वागतयोग्य भएको बताए । कानुनमन्त्रीले राजीनामा दिने कुरा चर्चामा आएपछि विपक्षी दलका नेता यादवले न्युज कारोबारसँग भने, ‘उहाँको पदअनुसार अभिव्यक्ति आपत्तिजनक थियो, त्यसैले उहाँले नैतिकताका आधारमा राजीनामा दिने निर्णय लिनुभएछ, यसलाई स्वागतयोग्य नै भनौँ ।’ कानुनमन्त्रीको अभिव्यक्तिले नेपाल र बंगलादेशबीचको सम्बन्धमासमेत असर पुगेको उनले बताए ।

कानुनमन्त्री शेरबहादुर तामाङले आइतबार काठमाडौंमा एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजित एक कार्यक्रममा बंगलादेशमा डाक्टर पढ्न जाने नेपाली चेलीले शरीर बेचेर सर्टिफिकेट पाउने गरेको बताएका थिए । त्यसपछि उनको चौतर्फी विरोध भएको थियो । आफ्नै पार्टीका नेताहरुले पनि चर्को दबाब दिएपछि उनले आज राजीनामा दिने तयारी गरेका छन् ।

प्रकाशित समय १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु