गृहपृष्ठ चिकित्सकले सुरु गरे सामूहिक अनसन
चिकित्सकले सुरु गरे सामूहिक अनसन
अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल महारजगन्जका चिकित्सकले सामूहिक अनसन सुरु गरेका छन् ।
डा. केसी अनसन बसेको २५ दिनसम्म पनि माग पूरा नभएको भन्दै सरकारलाई दाबाब दिन महाराजगन्जका आवासीय चिकित्सक अनसनमा बसेका हुन् । उनीहरूले सोमबार बिहान १० बजेदेखि अनसन सुरु गरेका छन् । अनसनमा एक सयभन्दा बढी चिकित्सक सहभागी छन् । त्यस्तै वसन्तपुरमा पनि डा. केसीका समर्थकले आज पनि सामूहिक अनसन जारी राखेका छन् ।
प्रकाशित समय ११:५४ बजे

















