गृहपृष्ठ सरकारले पत्रकारलार्इ पैसाको प्रलोभनमा पार्यो : शशांक

सरकारले पत्रकारलार्इ पैसाको प्रलोभनमा पार्यो : शशांक

sashanka_koirala_newskarobar

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पक्ष र विपक्षमा नभइ निष्पक्ष भएर पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । शंखमुलस्थित भ्याली टप रेष्टुरेन्टमा बुधबारबाट सुरु प्रेस युनियनको केन्द्रीय समिति बैठकको उद्घाटन समारोहमा महामन्त्री कोइरालाले निष्पक्ष पत्रकारलाई पार्टीलाई सधैँ संरक्षण गर्ने बताए ।

‘सहीलाई सही र गलतलाई गलत भनिदिनुस्, हामी तपाईंको संरक्षणमा चुक्दैनौँ,’ महामन्त्री कोइरालाले भने, ‘तर अहिलेको सरकारजस्तो कांग्रेसले पत्रकारलाई आफ्नो पक्षमा ल्याउन विज्ञापन र पैसाको प्रलोभन चाहिँ देखाउँदैन ।’ ओली सरकारले कतिपय पत्रकारलाई विज्ञापन र पैसाको लोभ देखाएर आफ्नो पक्षमा समाचार लेख्न लगाएको कोइरालाले आरोपसमेत लगाए ।

यस्तै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले चिकित्सा शिक्षा विधेयकबारे बोले । आफूहरु संसदीय प्रक्रियाबाट बाहिर नजाने भन्दै उनले भने, ‘अघिल्लो सरकारले तयार गरेको चिकित्सा शिक्षा विधेयक संसदमा ल्याउनुपर्यो । पास, फेल, संशोधनको कुरा त्यहीँ संसदमा छलफल हुन्छ ।’
प्रेस युनियनको केन्द्रीय समिति बैठक भोलि सकिनेछ ।

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु