गृहपृष्ठ सिभिल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सिभिल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

civilbank_reliablelifeIns

 

सिभिल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपालका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै रिलायबल नेपालको जीवन बिमा सेवा सिभिल बैंकका देशभर रहेका ६८ शाखामार्पmत उपलब्ध हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत लोहनीले देशका ग्रामीण भेगलाई विशेष ध्यानमा राखी विभिन्न जीवन बिमाका योजना ल्याइएको जानकारी दिए ।

प्रकाशित समय १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु