गृहपृष्ठ युनाइटेड इन्स्योरेन्स र दुर्इ वाणिज्य बैंकबीच व्यावसायिक सहकार्य
युनाइटेड इन्स्योरेन्स र दुर्इ वाणिज्य बैंकबीच व्यावसायिक सहकार्य
एनआईसी एसिया बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र युनाइटेड इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई बैंकास्योरेन्स सम्झौतापत्रमा हस्ताक्षरपछि ।
युनाइटेड इन्स्योरेन्स कम्पनीले दुईवटा वाणिज्य बैंकसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । कम्पनीले एनआईसी एसिया बैंकको शुक्रबार र राष्ट्रिय वाणिज्य बैंकसँग आइतबार बैंकास्योरेन्स सम्झौता गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युनाइटेड इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै, एनआईसी एसिया बैंकका काम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र युनाइटेड इन्स्योरेन्स कम्पनीका भट्टराईले बैंकास्योरेन्स सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसियाले कर्जा प्रवाह गर्दा कर्जाधितोको बिमा युनाइटेड इन्स्योरेन्समा गर्न सक्नेछन् ।
प्रकाशित समय १३:३२ बजे

















