गृहपृष्ठ इजरायली राजदूतलार्इ ऊर्जामन्त्रीकाे अाग्रह- ऊर्जामा लगानी बढाउनुस्
इजरायली राजदूतलार्इ ऊर्जामन्त्रीकाे अाग्रह- ऊर्जामा लगानी बढाउनुस्
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरले सोमबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा आइतबार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
भेटमा ऊर्जामन्त्री पुनले नेपालमा नयाँ संविधान जारी भइसकेपछि स्थायित्वको युग शुरु भएको भन्दै इजरायली लगानीकर्तालाई ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनाइदिन राजदूत ओमेरसँग आग्रह गरेका थिए । मन्त्री पुनले राजदूत ओमेरसँग भने, ‘हामीलाई १० वर्षमा १० हजार मेगावाट बिजुलीको आवश्यकता छ, अहिले लगानीको राम्रो वातावरण समेत बनेको छ । तपाईमार्फत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न म इजरायली लगानीकर्तालाई आग्रह गर्छु ।’
उनले इजरायलसँग धेरै लामो कूटनीतिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ मजबूत बन्ने विश्वास व्यक्त गरे । लामो समयदेखि दुई देशबीचमा कृषि र प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहदै आएको भन्दै मन्त्री पुनले आगामी दिनमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न सरकार इच्छुक रहेको बताए ।
भेटमा इजरायली राजदूत ओमेरले ऊर्जा र सिँचाईको क्षेत्रमा सहकार्य गर्न इजरायल सरकार आंतुर रहेको बताए । उहाँले ऊर्जामा लगानीको लागि इजरायलले साझेदार खोजिरहेको भन्दै त्यसका लागि सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेको धारणा राखे । ‘नेपालको जलविद्युतमा लगानी गर्न इजरायबाट निजी क्षेत्र आउन तयार छ, त्यसका लागि हामी साझेदार खोजिरहेका छाैं ।’ भेटमा राजदूत ओमेरले भने, उनले निर्माण र हस्तान्तरण ढाँचामा काम गर्न इजरायल इच्छुक रहेको बताएका थिए ।
प्रकाशित समय १६:२१ बजे

















