गृहपृष्ठ प्रकाण्ड पक्राउ प्रकरणमा सर्वाेच्चको कारण देखाउ आदेश

प्रकाण्ड पक्राउ प्रकरणमा सर्वाेच्चको कारण देखाउ आदेश

prakand-hatkandi फाइल तस्बिर

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउका सम्बन्धमा सर्वाेच्च अदालतले सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ ।

हेटौंडाबाट पार्टीको कार्यक्रम सकेर काठमाडौं फर्कदैँ गरेका विश्वकर्मालाई प्रहरीले टौदहबाट नियन्त्रणमा लिएको थियो । उनीमाथि गैरकानुनी रुपमा चन्दा उठाएको आरोप लगाइएको छ ।

विश्वकर्मालाई पक्राउ गर्नुपर्ने कारण ४८ घण्टाभित्र पेश गर्न सर्वाेच्चका कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सोमबार सरकारलाई आदेश दिएको हो । विश्वकर्मालाई प्रहरीले पक्राउ गरेपछि उनका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले सर्वाेच्चमा वन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रकाशित समय १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु