गृहपृष्ठ संसदमा आज सात विधेयकमाथि छलफल हुँदै

संसदमा आज सात विधेयकमाथि छलफल हुँदै

संघीय संसदको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सातवटा विधेयकमा छलफल गर्ने कार्यसूची छ । शुसासन तथा राज्य व्यवस्था समितिको प्रतिवेदनमा संशोधन विधेयक, राहादानी विधेयक, सुरक्षित मातृत्व विधेयक र अन्तर्राष्ट्रिय हवाई परिवाहन महासन्धि विधेयकमाथि छलफल हुनेछ ।

त्यसैगरी, उपभोक्ता हित संरक्षण विधेयक र निवृत्तिभरण कोष विधेयक छलफलका लागि सोमबार नै दर्ता भएका छन् । छलफलपछि कतिपय विधेयक समितिमा पठाइनेछ भने केहीलाई सामान्य छलफलपछि निर्णयार्थ पेस गरिनेछ ।

बैठकमा नेपालमा हुन लागेको बिमस्टेक सम्मेलनलाई मध्यनजर गरेर अन्तर्राष्ट्रिय आतंकवाद तथा लागुऔषध कारोबारविरुद्ध बिमस्टेक सम्मेलनमा पेस गर्ने प्रस्तावका विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित समय १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु