गृहपृष्ठ प्रधानमन्त्रीकाे व्यंग्य : झिँगाकाे पछि लागे फाेहाेरमा पुगिन्छ

प्रधानमन्त्रीकाे व्यंग्य : झिँगाकाे पछि लागे फाेहाेरमा पुगिन्छ

kp-oli-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले देशमा अशान्ति मच्चाउन खोजेमा त्यसलाई सरकारले नियन्त्रण गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसलगायत पार्टी छाडेर आएका दुई सय भन्दा बढीलाई नेकपामा प्रवेश गराउदै उनले यस्तो बताएका हुन् । उनले शान्तिमा खलल पुर्याउने र आफ्नो स्वार्थका लागि अशान्ति मच्चाउनेहरुलाई सरकारले नियन्त्रण गर्ने बताए ।

शुक्रबारबाट लागु हुन लागेको मुलुकी संहिताको बारेमा समेत गलत हल्ला फैल्याईएको भन्दै उनले त्यसको पछि नलाग्न आग्रह गरे । अस्पतालमा उपचार गर्दा बिरामी मर्यो भने डाक्टरलाई जन्मकैद भन्ने जस्ता हल्ला र भ्रम फैलाइएको भन्दै उनले आपत्ती जनाए । ‘यस्तो पनि हुन्छ ? कसैले त्यस्तो कानुन बनाउँछ ? त्यस्तो कानुन संसदले पास गर्छ ? त्यस्तो कानुन देशमा यत्रो छलफल भएर पारित हुन सक्छ ?’ प्रधानमन्त्रीले भने, ‘अहिले त्यही कुरा छदैँछ तर भ्रम फिजाउन यस्तो गरियो । त्यसबाट सजग रहन म आग्रह गर्दछु ।’ कतिपय कानुनका नयाँ अभ्यास गर्ने क्रममा भएकोले प्रयोगमा आउदा व्यवहारमा नमिलेका हुन सक्ने बताए । त्यसलाई क्रमशः मिलाउँदै लैजाने उनको भनार्ई थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रवेश गरेकाहरुले नेकपा रोजेर राम्रो गरेको उल्लेख गरे । ‘मौरीका साथमा उड्दा फूलमा पुगिन्छ, झिंगाको साथमा उड्दा फोहोरमा पुगिन्छ,’ उनले भने, ‘तपाईंहरु अहिले मौरीका साथमा उड्न आइपुग्नुभो, अब फूलमा पुग्नुहुनेछ ।’

‘समृद्ध नेपाल सुखी नेपालीको उडानमा छौं । त्यो उडानमा साथीहरु सामेल हुनुभएको छ,’ ओलीले भने, ‘साथीहरुको पार्टी छनोट अत्यन्तै उचित छ । जसरी पनि उड्ने हो । तपाइहरु उडान भर्नका लागि मौरीका सामु आउनुभएको छ । यो उत्साह विश्वासमा तलमाथि हुँदैन ।’ विपक्षी कांग्रेसको कटाक्ष गर्दै ओलीले कांग्रेस बनिनुभन्दा अगाडिदेखि कांग्रेस बनेका गणेशमान सिंहले समेत सो पार्टी छोडेको बताए । कृष्णप्रसाद भट्टराइले कांग्रेस छाडेको भन्दै ढिलै भएपनि नेकपामा आएका सहि निर्णय गरेकोमा नवप्रवेशीको प्रसंशा गरे ।

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपामा अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गर्नेमा ओलखढुंगाका पुर्व जिविस सभापति रामकुमार खत्री लगायत दुई सय नेता कार्यकर्ता छन् ।

प्रकाशित समय १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु