गृहपृष्ठ जब प्रधानमन्त्रीले पाइपबाट घरघरमा पुगेको ग्याँसको उद्घाटन गरे

जब प्रधानमन्त्रीले पाइपबाट घरघरमा पुगेको ग्याँसको उद्घाटन गरे

श्रीकृष्ण गौसेवा सदनले पूरा गरायाे अघिल्लाे कार्यकालकाे त्यो सपना

kp-oli-newskarobar

 

पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले एक पछि अर्काे गर्दै सपनाहरु देखाउँदै गए । ओलीले देखाएका ति सपनाहरु अव्यवहारिक भन्दै धेरैले उनको आलोचनासमेत गरे । कतिपयले त प्रधानमन्त्रीको सक्दो मजाक उडाए । तर, आफ्ना ति सपनाहरु पूरा हुँदै गएकामा प्रधानमन्त्री बेग्लै खुसी छन् ।

उनले पटक पटक भन्दै आएका छन्, ‘मैले हुनै नसक्ने सपना देखाएको छैन ।’ हुन पनि उनले भनेका कुराहरु विश्वमै नभएका थिएनन्, नेपालमा भने अभ्यासमा थिएनन् । तर, प्रधानमन्त्रीले ‘भन्दिए’पछि धेरैले उनको मजाक उडाए । अझ केही समयमै उनको सरकार ढलेपछि त झन् उनका वाचा अव्यवहारिक सपनामा रुपान्तरित हुने भए ।

तर मंगलबार पाइपबाट घरघरमा पुर्याइएको ग्याँस पाइपको उद्घाटन गर्न विराटनगर पुगेका प्रधानमन्त्रीको मुहारमा सन्तुष्टिको बेग्लै रेखा देखिन्थ्यो । मंगलबार विराटनगरको जतुवामा पाइपबाट घरघरमा पुर्याइएको ग्याँसको उद्घाटन गर्न पुगेका प्रधानमन्त्रीले त्यसको औपचारिक उद्घाटन गर्दा उनको मुहारमा अघिल्लो कार्यकालमा गरेको घोषणाले मूर्तरुप लिएकोमा बेग्लै सन्तुष्टि देखिन्थ्यो ।

विराटनगर महानगरपालिकाको जतुवाका ३२ परिवारले गौशालाबाट पाइपमार्फत लगिएको ग्यासको उपभोग सुरु गरेका छन् । उनीहरुले अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले गरेको घोषणाको उद्घाटन आफ्नो गाउँमा गराए । प्रधानमन्त्रीको यो घोषणालाई सार्थक बनाएको सरकारले भने होइन, श्रीकृष्ण गौसेवा सदनले हो, जुन विराटनगर १४ जुतुवामा रहेको छ ।

ग्यास उपभोग गरेबापत उपभोक्ताले शुल्क तिर्नुपर्छ, किलोको हिसाबले । अहिलेका लागि प्रतिकिलो ८४ रुपैयाँ लाग्छ । यो खाना पकाउने (एलपी) ग्यासभन्दा सस्तो हो । पहिलो चरणमा ४ सय मिटर पाइप विछ्याएर ३२ घरमा ग्यास वितरण गरिएको छ ।

ग्यास उत्पादन गरेर घरघरमा पुर्याउन १ करोड २५ लाग रुपैयाँ लागेको थियो । यस कार्यका लागि गौसेवा सदनलाई विश्व बैंकले पनि सहयोग गरेको छ । अर्थिक वर्ष २०७३÷७४ मा विद्युत उत्पदान गर्ने उद्देश्यले बायो ग्यास प्लान्टको निर्माण गर्न लागिएको भएपनि लोडसेडिङको अन्त्य भएसँगै ग्यास उत्पादनतिर मोडिएको थियो । जसका कारण प्रधानमन्त्री उक्त बाचा अहिले पूरा हुन पाएको छ ।

प्रकाशित समय १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु