गृहपृष्ठ तीन सातादेखि पासाङल्हामु राजमार्ग खुलेन, दशै तिहारको सामान केरुङमै

तीन सातादेखि पासाङल्हामु राजमार्ग खुलेन, दशै तिहारको सामान केरुङमै

राजमार्ग छिटो खुलाउन महासंघकाे आग्रह

पासाङल्हामु राजमार्ग अवरुद्ध हुँदा रसुवागढी नाकाबाट ल्याउन लागिएको सामान केरुङमै थन्किएको छ । राजमार्गको विभिन्न ठाउँमा झरेको पहिरो नपन्छाउँदा राजमार्ग अवरुद्ध भएको हो ।

रसुवागढीको नाका नजिकै रहेको घट्टेखोलाको पुलमा समेत क्षति पुगेको छ । नेपाल प्रवेश गर्न लागेको मालबाहक कन्टेनर केरुङमै थन्किएका छन् ।

राजमार्ग अवरुद्ध भएको तीन साता पुग्दा समेत खुलाउन पहल नभएको भन्दै व्यवसायी आक्रोशित भएका छन् । चाडपर्वका लागि ल्याउन लागिएको सामान उतै थन्किएपछि व्यवसायी आक्रोशित भएका हुन् । लोड गरिएको अधिकांश सामान दशै र तिहारका रहेका छन् ।

यसैबीच नेपाल राष्ट्रिय व्यवसायी महासघंले राजमार्ग छिटो खुलाउन सरकारलाई आग्रह गरेको छ । सडक अवरुद्ध हुँदा मालबाहक ट्रक तथा कन्टेनर रोकिएर व्यवसायी मर्कामा परेको भन्दै महासंघले छिटो राजमार्ग खुलाउन आग्रह गरेको हो ।

महासंघका अध्यक्ष नरेश कटुवालले विज्ञप्ति निकालेर चाडपर्वका सामान रहेकाले छिटो राजमार्ग खुलाउन आग्रह गरेका छन् ।

प्रकाशित समय ०८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु