गृहपृष्ठ पाहुना अाइसके, काम अझै सकिएन, पूर्वतयारी फितलो

पाहुना अाइसके, काम अझै सकिएन, पूर्वतयारी फितलो

बिमस्टेकमा 'बिग मिस्टेक'

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को चौथो सम्मेलनमा प्रचारबाजी धेरै र काम थोरै हुँदा पूर्वतयारी फितलो भएको छ । सडक मर्मत, रंगरोगन तथा सरसफाईमा लागि रातदिन लाग्दा पनि  सम्पन्न भएको छैन ।

‘जब राति तब बुढी ताती’ भन्ने नेपाली उखान लागू भएको छ । समय रहुन्जेल कुनै चासो नदिने र अन्तिम समयमा आएर काम गर्ने  परम्पराले बिमस्टेक सम्मेलनकाे तयारी फितलो बनेको हो ।

चौथो बिमस्टेक नेपालमा हुन्छ भन्ने बर्षौ अघिदेखि नै नेपाललाई थाहा थियो । म्यानमारमा तेस्रो सम्मेलन सकिएपछि बर्णानुक्रम अनुसार नेपालमा गरिने निश्चित थियो । सन् २०१४ मा म्यानमारमा तेस्रो सम्मेलन हुँदा नै नेपालमा आयोजना हुने निर्णय भएको थियो ।

तर, ४ वर्षसम्म ढिलासुस्ती र वेवास्थाको कारण अहिले साता १० दिनमा तयारी गरिएको छ । मंगलबार देखि बिमस्टेकमा सहभागी सदस्य राष्ट्रका प्रमुखहरु नेपाल आउन सुरु गरिसकेका छन् तर, नेपालम सडर्क मर्मत रंगरोगन तथा सरसफाईको काम अझै सकिएको छैन ।

बिमस्टेकका पाहुनाको आवागमन हुने माइतीघर–तिनकुने, थापाथली–त्रिपुरेश्वर–कलंकी, चक्रपथ, रत्नपार्क वरिपरि, सिनामंगल–डिल्लीबजार सडक पीच भएको छ ।

जमल–लैनचौर, बालुवाटार (राष्ट्र बैंक)–नक्साल हुँदै डिल्लीबजारलगायत सबैजसो सडकमा खाल्डाखुल्डी पुर्ने काम सडक विभागले गरिरहेको छ । चाबहिल–जोरपाटी, चक्रपथ–महाराजगन्ज खण्ड भने मेलम्ची खानेपानी आयोजनाले मर्मत गरिरहेको छ । ती मध्ये केही सडकका पीच टाल्ने काम अझै जारी छ ।

सडकको नालाको व्यवस्थापन राम्रो हुन नसक्दा झन कुरुप देखिएको छ । अव्यवस्थित नाला माथिको सडकको बारमा रंग लगाउँदा झन भद्धा देखिको छ । सरकारले दुई दिनको लागि मात्र झारो टार्ने मात्र काम गरेको सर्वसाधारणको गुनासो छ ।

जनता भन्छन्, ‘पाहुनाको आँखा छल्नलाई किन यस्तो तमासा ?

राम्रोसँग ग्राबेल नगरेपनि कालोपत्र हालेर सडक चिटिक्क पारिएको छ । सडकको दायाँबायाँ कालो र पहेलो रंग लगाएर सिङ्गारिएको छ । सडकका बारहरु सेतो र कालो रंग लगाएर आकर्षक पारिदैछ। बिम्सटेक राष्ट्रका प्रमुखहरु हिड्ने बाटोमा हुने सम्मको सजावट गरिएको छ ।

तर, सडकका दायाँबायाँ रहेका टेलिकमका तारका गुजुल्टाले सरकारले अहिलेसम्म गरेको तयारीलाई गिज्याइ रहेको छ । नेपाल टेलिकमले केही स्थानमा तार मिलाएपनि अधिकांश स्थानमा दुबैतिर कुरुप अवस्थामा रहेका तारले  बिमस्टेक तयारीलाई व्यांग्य गरिरहेको छ ।

बिमस्टेक सम्मेलनको पूर्व तयारी गर्नको लागि केही भौतिक संरचना निर्माणमा तथा मर्मत महिनौं अगाडि नै सुरु गरिएको थियो । तर, ती योजनाहरु ढिलाई हँदा सम्मेलन सम्पन्न भएको महिनौं पछिसम्म पनि सम्पन्न नुहने देखिएको छ । सडकमा झिलिमिलि बत्ति राखिएपनि सडकको दूराअवस्था उस्तै छ । कम गुणस्तरीय सामाग्री प्रयोग गरि टालिएका कतिपय ठाउँका सडक पाहुना नआउँदै भत्कन सुरु भएको छ ।

सिमसिम पानी र लेदो माथिको सकडको बारमा मजदुरहरु रंग पोत्न अझै व्यस्त छन् । विदेशी पाउना आन सुरु भएकाले जसरी पनि काम सक्नुपर्ने बाध्यताले जनताले तिरेको करको दुरुपयोग भइरहेको छ । सर्वसाधनको गुनासो छ, ‘राज्यको ढुकुटीको दुरुपयोग भयो, २–४ दिनपनि नटिक्ने काम गरेर विदेशी पाहुनाको आँखा छल्नलाई चिटिक्क बनाइयो, फुर्समा राम्रोसँग गरिएको भए हुन्थ्यो ।’

मध्यबानेश्वरको रत्नराज्य स्कुलअगाडी गरेको पीच सम्मेलन सुरु नहुँदै भत्किएको छ । विद्यार्थीले हातैले उप्काएर हतारमा गरिएको सडकक मर्मतप्रति व्यांग्य गरिरहेका छन् । त्यस्तै पुतलीसडकको पीच पनि साता दिन नपुग्दै भत्किएको छ ।

चुनाव जित्न सघाउनेलाई ठेक्का दिएपछि

सडक सजाउने काम त भएका छन् । तर, पीच गरिएका सडक विभिन्न ठाउँमा खानेपानीको पाइप फुटेर पानी बग्न रोकिएको छैन । बिहान बेलुका पानी खोलेको अवस्थामा सडकभरी पानी बग्ने गरेको छ । त्यतारित ध्यान नदिई सडकमा कालोपत्रे थप्ने काम भने रोकिएको छैन ।

बानेश्वर, त्रिपुरेश्वपर लगायतका केही ठाउँमा खानेपानीको पाइप फुटेको छ । जसको कारणले पीच गरिएको सडक नै भत्किन पुगेको छ । हतारको काम लतारपतार भनेझै सडकमुनि रहेको पाइपलाई ध्यान नै नदिँदा यस्तो अवस्था आएको हो ।

सरकारले दल निकटका ठेकेदारलाई कामको जिम्मा दिँदा काम गुणस्तरीय नभएको पुर्वाधार विज्ञ डा. सुर्यराज आचार्य बताउछन् । ‘पूर्वाधार गुणस्तरका लागि निर्माण कम्पनिको व्यवस्थापकीय र प्रविधिक क्षमताको अहम भुमिका हुन्छ । हाम्रा निर्माण कम्पनिहरु मुलत पारिवारिक बिजिनेसका रुपमा कार्यरत छन्, आचार्यले भने ।’

निर्माण कम्पनिले राम्रा इन्जिनियर व्यबस्थापकलाई भन्दा बाउन्सर र दलका कार्यकर्तालाई जागिरमा राखेकाले र सरकारले आफुलाई चुनाव जित्न सघाउनेलाई ठेक्का दिँदा काम गुणस्तरीय नभएको उनको भनाइ छ ।

लुटको धन फुपुको श्राद्ध

विमस्टेक राष्ट्रका प्रमुखहरु नै आउने भएपछि स्वागतका लागि तयारी गर्नु स्वभाविक हो । तर, विदेशी पाहुनाको स्वागतका नाममा कतिसम्म राज्यकोषको दुरुपयोग भइरहेको छ भन्ने उदाहरण राजधानीका मुख्य सडकमा देखिन्छन् ।

विमस्टेक बैठक होटल सोल्टीमा राखिएको छ । विदेशी पाहुनाहरु बस्ने होटलदेखि सोल्टीसम्मका सडक त जसोतसो टालिएको छ । तर, सडक टालिए पनि नाला र सडक पेटी न सग्लो छ न सफा देखिन्छ ।

बिमस्टेक सम्मेलनको पूर्व तयारीको लागि गर्नुपर्ने कामहरु समयमा सुरु नगरेर अन्तिम समयमा आएर गर्नुको पछाडि करोडौं रुपैयाँ आर्थिक अनियमितताको खेल भएको आशंका छ । जसरी पनि काम सम्पन्न गर्नुपर्ने र त्यसको लागि सरकारले पर्याप्त बजेट नदिए काम नसकिने भन्दै सरकारी कर्मचारी र ठेकेदारबीचको मिलेमतोमा भ्रष्टचार भएको सरोकारवाला बताउँछन् ।

सरकारले पैसाको चिन्ता नगर्न आग्रह गर्दै काम जसरी पनि सक्नु पर्ने निर्देशन दिएको छ । भौतिक पुर्वाधार तथा तथा यातायात मन्त्रालयका अधिकारीहरु नै ढुकुटी लटिएको तर्क गर्छन ।

प्रकाशित समय १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु