गृहपृष्ठ ललितपुरको सनराइज टावरमा सेञ्चुरी बैंकको एटीएम
ललितपुरको सनराइज टावरमा सेञ्चुरी बैंकको एटीएम
सेञ्चुरी कमर्सियल बैंकले ललितपुरको सनराइज टावरमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक समितिका सदस्य राजेशराज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सुवर्णबहादुर क्षेत्रीले संयुक्त रुपमा उक्त एटीएमको उद्घाटन गरे ।
यससँगै बैंकका एटीएम संख्या ५१ पुगेका छन् । हाल बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर ९१ शाखा र २ वटा एक्स्टेन्सन काउन्टरका साथै १० वटा शाखारहित बैंकिङ गरी १२१ स्थानबाट सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय १८:१३ बजे

















