गृहपृष्ठ ९९९ सीसीको फक्सवागेन साढे २५ लाखमै
९९९ सीसीको फक्सवागेन साढे २५ लाखमै
फक्सवागनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इन्टरनेसनल नेपालले फक्सवागनको नयाँ मोडलको गाडी पोलो १.० नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी नयाँ पोलो १.० बजारमा आएको जानकारी दिएको हो ।
९९९ सीसी र ७६ एजपी इन्जिन क्षमता रहेको पोलो १.० इन्धन बचतमा कोशेढुंगा बन्ने कम्पनीले जनाएको छ । यसअघि फक्सवागन पोलो १६ सय र १२ सय सीसीमा उपलब्ध थियो ।
पोलो १.० भदौ २६ गते राजधानीमा सुरु हुने नाडा अटो सोमा फिचर हुने बताइएको छ । फक्सवागन पोलो १.० को बजार मूल्य २६ लाख ९५ हजार रहनेछ । तर, कम्पनीले नेपालीको महान चाड दशैंको अवसरमा पोलो १.० का पहिलो १ सयजना ग्राहकले २५ लाख ५० हजार रुपैयाँमा प्राप्त गर्नेछन् ।
विशेष छुटसहितको यस मोडलमा सुरक्षाका विभिन्न स्ट्यान्डर्ड व्यवस्था छन् । गाडीमा एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडी, पावर विन्डो, रियर भ्यु क्यामेरा, पोलन फिल्टरसहितको एयर कन्डिसन, पावर स्टरिङ आदि समावेश रहेको कम्पनीले जनाएको छ ।
सन् २०११ मा नेपालको बजारमा ल्याएको पोलो १.६ ह्याचब्याक अत्यधिक सफल र दोस्रो बजारमा पनि सबैभन्दा बढी मूल्य पाउने रहेको कम्पनीको दाबी छ । पोलो १.० ले पनि उपभोक्ताबाट उस्तै माया र सद्भाव पाउने कम्पनीले आशा राखेको कम्पनीको दाबी छ ।
फक्सवागन पोलो नियमित मर्मत सम्भारमा लाग्ने खर्चको हिसाबमा सबैभन्दा कम खर्चिलो गाडी पनि हो । स्वतन्त्र अनुसन्धान गर्ने संस्था इलम कन्सल्टेन्सीका अनुसार पोलोमा अन्य ब्रान्डका सोही समूहका गाडीभन्दा ३० प्रतिशत कम खर्च पर्ने देखाएको छ । अध्ययनअनुसार अन्य ब्रान्डका गाडी ५ हजार किमीमा सर्भिसिङ गर्नुपर्ने फक्सवागन पोलो १५ हजार किमीसम्म बिनासर्भिसिङ निर्धक्क चलाउन सकिनेछ ।
कार्यक्रममा पूजा इन्टरनेसनलका कार्यकारी अधिकृत विबेक विजुक्छेले अन्तर्राष्ट्रिय बजारमा फक्सवागन अग्रपंक्तिमा रहेको जानकारी दिए । सन् २०१७ मा मात्रै १ करोड ४ लाख १३ हजार ३ सय १५ गाडी बेचेको फक्स्वागन संसारकै उत्कृष्ट कार निर्माता कम्पनी हो । जर्मन इन्जिनियरिङ प्रविधि कार डिजाइनमा उत्कृष्ट रहेको पनि उनले दावी गरे ।
नेपालमा हाल फक्सवागनको ९ वटा सर्भिस स्टेसन छन् । जसमध्ये तीनवटा काठमाडौं उपत्यकामा छन् । नेपालको आर्थिक वर्ष ०७५/७६को बजेटमा व्यवस्था भएअनुसार १ हजार सीसीभन्दा माथिका गाडीमा कर बढाइएकाले पोलो १.० खरिदमा ग्राहकलार्इ कुनै अतिरिक्त भार नपर्ने कम्पनी जनाएको छ ।
प्रकाशित समय १८:०८ बजे

















