गृहपृष्ठ यामाहा रे जेडआर स्ट्रिट र्याली पोखरामा
यामाहा रे जेडआर स्ट्रिट र्याली पोखरामा
पर्यटकीय नगरी पोखरामा ‘यामाहा रे जेडआर स्ट्रिट र्याली’ भित्रिएको छ । यामाहा मेटरसाईकल तथ स्कुटलको पोखरा क्षेत्रको आधिकारिक डिलर विश्वकर्मा अटो वक्र्सले यामाहाको नयाँ स्कुटर आईतबारदेखि पोखरामा भित्र्याको हो ।
एक समारोहबीच आइतबार गण्डकी प्रदेशका ट्राफिक प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्याल, पश्चिमाञ्चल डिलर्स एसोसियसनका अध्यक्ष चन्द्र कुंवर र नेपाल पत्रकर महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले उक्त स्कुटरको सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी उपरीक्षक बस्यालले ट्राफिक सचेतनाको लागि आवश्यक जनशक्ति आवश्यक परे आफूहरुले सहयोग गर्ने बताए । पश्चिमाञ्चल डिलर्स एसोसियसनका अध्यक्ष कुंवरले कम्पनीहरुले नयाँ सवारी साधनको विक्रिसंगै सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । नयाँ चालकहरुलाई ट्राफिक सचेतना बढी आवश्यक भएको उनको भनाई थियो । महासंघका अध्यक्ष श्रेष्ठले सडक दुर्घटनालाइ न्यूनिकरण गर्न चालकलाई सचेतना गराउन सुझाव दिए ।
मोरङ अटो वक्र्सका एरिया सेल्स म्यानेजर विकास कुमरले १ सय १३ सिसी ब्लु कोर इन्जिनको उक्त स्कुटीले पिक अप र माईलेज राम्रो दिने दावी गरे । रेड र रेसिङ ब्लु कलरमा उपलव्ध उक्त स्कुटरको फ्रन्ट डिस व्रेक र एलोई ह्विल रहेको उनले जनाए । चालकको हात सुरक्षाको लागि नकल गार्ड, डिजिटल इन्स्ट्रयुमेण्टल प्यानल वोल्ड न्यू भाइजर यसको विशेषता रहेको कम्पनीको दावी छ ।
उक्त स्कुटरको बजार मुल्य २ लाख ८ हजार ९ सय रूपैयाँ रहेको विश्वकर्मा अटो वक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले बताए । पावर र स्टाइलको उत्कृष्ट समिश्रण रहेको उनले जनाए । नेपालीहरुको महान पर्व विजय दशमी तथा शुभ दिपावलीको अवसरमा कम्पनीले प्रति स्कुटर तथा मोटरसाईकलमा कुपन सिस्टम लागु गरेको श्रेष्ठले जनाए ।
प्रकाशित समय १८:१६ बजे

















