गृहपृष्ठ माग पूरा नभए समर्थन फिर्ता लिने महतोको चेतावनी
माग पूरा नभए समर्थन फिर्ता लिने महतोको चेतावनी
फाइल तस्बिर
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महोतोले आफूहरुको माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।
अफूहरुले संविधान संशोधनको माग गरेको भन्दै उक्त माग पूरा नगरे राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने महतोको भनाई थियो ।
बिहीबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै महातोले सरकारले दुई तिहाई बहुमतको दम्भ देखाउन सुरु गरेको बताए । सरकारले जनतालाई न्याय दिन नसकेको बताएका महतोले हत्या हिंसा, बलात्कारजस्ता जघन्य अपराधका दोषीलाई पक्राउ गर्न नसक्नु सरकारको असफलता भएको टिप्पणी गरे ।
आफूहरुले धैर्य गरिरहेको उल्लेख गर्दै उनले धैर्यताको बाँध टुटेपछि नियन्त्रण गर्न गाह्रो हुने उनको चेतावनी थियो । बलियो भनिएको सरकार पनि अलमलमा परेको भन्दै उनले रेशम चौधरीलाई सपथग्रहण गराउन माग गरे ।
प्रकाशित समय १५:२४ बजे
















