गृहपृष्ठ समाचार प्रभाव : २ वर्षदेखि ‘बाँधिएकी’ किशोरीको उपचार हुने

समाचार प्रभाव : २ वर्षदेखि ‘बाँधिएकी’ किशोरीको उपचार हुने

 

विगत २ वर्षदेखि बाख्राको खोरमा बाँधिन बाध्य किशोरी तारा जैशीले सहयोग पाएकी छन् । मानसिक स्वास्थ्यमा समस्या भएकी १९ वर्षीया किशोरी तारा जैशीको सम्बन्धमा न्युज कारोबार डटकमले समाचार प्रकाशित गरेको थियो ।

न्युज कारोबारमा समाचार प्रकाशित भएपछि कैलालीको धनगढीस्थित दृष्टि फाउन्डेसन नामक संस्थाले किशोरीलाई सहयोग गर्ने भएको हो । २ वर्षदेखि बाख्राको खोरमा बाँधिन वाध्य जैशीलाई फाउन्डेसनले बिहिबार उद्धार गरी उपचारका लागि धनगढी लगेको छ ।

फाउन्डेसनकी अध्यक्ष कल्पना भट्ट, लम्कीचुहा नगरपालिका–६ का अध्यक्ष नेत्र मगर एवं लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा लगायतको रोहवरमा किशोरीलाई धनगढी लगिएको हो । संस्थाले किशोरीको उपचारको साथै सबै जिम्मा लिने र निको भएपछि परिवारको जिम्मा लगाउने सहमति भएको छ ।

यस अघि समाचार प्रकाशन भएकै दिन लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाँईले किशोरिकै घरमा पुगी उपचार खर्च नगरपालिकाले व्यहोर्ने बताएका थिए । स्थानिय १९ वर्षिय तारा जैशिको आर्थिक अभावका कारण परिवारले उपचार गर्न नसकेपछि उनलाई वाख्राको खोरमा बाधेर उनकि आमाले मजदूरी गरी जिविकोपार्जन गर्दे आएकी समाचार न्युज कारोबारमा प्रकाशित भएको थियो ।

याे पनि पढ्नुहाेस् ।

‘समृद्ध नेपाल सुखी नेपाली’लाई गिज्याइरहेछ तारा जैशीको जिन्दगी

प्रकाशित समय १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु