गृहपृष्ठ ३ नम्बर प्रदेशलाई नेवाः ताम्सालिङ नामाकरण र राजधानी काभ्रे राख्न माग

३ नम्बर प्रदेशलाई नेवाः ताम्सालिङ नामाकरण र राजधानी काभ्रे राख्न माग

प्रदेश ३ को नाम नेवाः ताम्सालिङ र स्थायी राजधानी काभ्रे राख्न माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन भएको छ ।

नेवा ताम्सालिङ समन्वय समितिको अगुवाइमा माइतीघर मण्डलामा दबाबमूलक प्रदर्शन भएको हो । तीन नम्बर प्रदेशमा नेवार र तामाङको उत्पत्ति भएको र यही क्षेत्रमा बाहुल्यता रहेको भन्दै उनिहरुले सोहीअनुसार नामाकरण हुनुपर्नेमा जोड दिए। ‘द्वन्द्व पनि मेटिने, पहिचान पनि भेटिने’ भन्दै उनिहरुले नारा समेत लगाएका थिए ।

कोणसभा कार्यक्रममा नेकपा केन्द्रीय सदस्य परशुराम तामाङले शान्तिपूर्ण आन्दोलनबाट माग पूरा नगरिए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

प्रकाशित समय १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु