गृहपृष्ठ प्रदेशको राजधानी र नाम छिट्टै तोकिन्छ : मुख्यमन्त्री राई
प्रदेशको राजधानी र नाम छिट्टै तोकिन्छ : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नाम छिट्टै तोकिने बताएका छन् । विराटनगरमा विश्व शान्ति फेडेरेशन नेपालले गरेको प्रदेश १ स्तरीय गाउँपालिका र नगरपालिकाका प्रमुखहरुबीच विकास साझेदार तथा समन्वय गर्न आयोजना गरिएको सम्मेलनमा मुख्यमन्त्री राईले प्रदेशको स्थायी राजधानी र नाम छिट्टै तोकिने बताएका हुन् ।
मुख्यमन्त्री राइले प्रदेशको राजधानी विराटनगरबाट अन्यत्रै सार्न लागेको आरोप लागिरहेकाबेला उनले सो कुरा बताएका हुन् । कार्यक्रममा स्थानीय निकायमा गरिने विकासको मोडल र नयाँ संविधानले दिएको स्थानीय निकायलाई अधिकारबारे गाउँपालिका र नगरपालिका प्रमुखलाई जानकारी गराइएको थियो ।
स्थानीय निकायको विकासलाई फलदायि कसरी बनाउन सकिन्छ र दिगो विकास हुन्छ भन्ने बारे सम्मेलनमा छलफल भएको संस्थाका महासचिब विनोद डागीले बताए । २५ वटा नगरपालिका, ३५ गाउँपालिका र महानगरपालिकाका प्रमुख र उपप्रमुखको सहभागिता थियो ।
कार्यक्रममा विज्ञ डा. रोर्वट एस किटटेलले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ बाट सुरु भएको कायक्रम बाँकी ६ प्रदेशमा पनि संचालन गरिने आयोजकले जनाएको छ ।
प्रकाशित समय १७:३१ बजे
















