गृहपृष्ठ प्रचण्ड-अाेलीबीच डेढ घण्टा लामाे भेटवार्ता

प्रचण्ड-अाेलीबीच डेढ घण्टा लामाे भेटवार्ता

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए प्रचण्ड

prachandaoli-newskarobar

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको छ । भर्खरै सम्पन्न भेटवार्तामा समसामयिक विषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओली विदेशमा रहेका बेला नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले संसदमा सम्बोधन गर्दै सरकारविरुद्ध अभिव्यक्ति दिएका थिए । उनले प्रधानमन्त्रीको सरकार सञ्चालन शैलीप्रति असन्तुष्टि जनाउँदै ‘देश डुब्न लागेको’ टिप्पणी गरेका थिए । नेपालको सोही अभिव्यक्तिप्रति ओलीले स्वदेश फर्कदैं गदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जबाफ फर्काएका थिए ।

अर्कातर्फ तत्कालीन एमालेका नेताद्वय नेपाल र ओलीबीचको तीखो टिप्पणी आइरहँदा प्रचण्डले यस विषयमा खासै टिप्पणी गरेका छैनन् । तल्ला तहको एकताका लागि जिल्ला नेतृत्वमा कार्यदलले गरेको सिफारिसप्रति नेपाल पक्षको आपत्ति रहँदै आएको छ । संसदमा नेपालले सरकारविरुद्ध दिएको अभिव्यक्तिलाई कतिपयले सोही असन्तुष्टिको ‘रिफ्लेक्सन’का रुपमा लिएका छन् ।

यसरी तत्कालीन एमालेका दुई नेताबीच असन्तुष्टि बढ्दै जाँदा नेकपाका दुई अध्यक्षबीच भएको डेढ घण्टा लामो भेटवार्तालाई महत्वपूर्ण मानिएको छ । ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डले त्यहाँ उनीसँग डेढ घण्टा लामो छलफल गरेका थिए । सो क्रममा समसामयिक विषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार सापकोटाले बताए ।

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु