गृहपृष्ठ चन्द्रागिरी हिल्सलाई ‘उत्कृष्ट गन्तव्य’ पुरस्कार

चन्द्रागिरी हिल्सलाई ‘उत्कृष्ट गन्तव्य’ पुरस्कार

चन्द्रागिरी हिल्स प्रालि नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यबाट पुरस्कृत भएको छ । भारतको राजधानी नयाँदिल्लीमा आयोजित १४ औं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटि तथा ट्राभल अवार्ड कार्यक्रममा हिल्स पुरस्कृत भएको हो ।

नेपालीमाझ मात्र नभएर पछिल्लो समय नेपाल आउने भारतीय पर्यटकहरुका लागि पनि आकर्षक पर्यटकस्थलका रुपमा चिनिँदै गएको चन्द्रागिरी हिल्स ‘नेपाल्स बेष्ट टुरिष्ट डेष्टिनेसन अवार्ड’बाट पुरस्कृत भएको हो । शुक्रबार साँझ दिल्लीमा आयोजित कार्यक्रममा भारतका सामाजिक न्याय तथा सशक्तिकरण केन्द्रिय राज्यमन्त्री रामदास अठवालेले चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकाललाई उक्त पुरस्कार प्रदान गरे ।

साथै नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा व्यक्तिगत रुपमा योगदान दिएवापत सोल्टी होटलका महाप्रबन्धक उपौल मजुमदारलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित समय १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु