गृहपृष्ठ नेपाल इन्भेष्टमेण्ट बैंकको मास्टर डेविट कार्ड

नेपाल इन्भेष्टमेण्ट बैंकको मास्टर डेविट कार्ड

नेपाल इन्भेष्टमेण्ट बैंकले मास्टर डेविट कार्ड सार्वजनिक गरेको छ । ग्राहकलाई आर्थिक कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले इन्भेष्टमेण्ट बैंकले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्ड सार्वजनिक गरेको जनाएको छ ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मास्टरकार्डसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताए । आफ्ना सञ्जाल बैंकमार्फत मास्टरकार्डको सेवालाई नेपाली बजारमा विशेष रुपले विस्तार गरिने उनले जानकारी दिए ।

कार्यक्रममा मास्टरकार्डका दक्षिण एशियाली आर्थिक व्यवस्थापनका उपाध्यक्ष विकास बर्माले नेपालमा विद्युतीय भुक्तानीमा देखिएको विकासक्रमको प्रशंसा गरे । बैंकले आन्तरिक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको छ । स्थानीय कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिन्छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक र मास्टरकार्डको सहकार्यमा तीन महिनासम्म आफ्ना ग्राहकलाई बिना कुनै शुल्क कार्ड जारी गर्ने र साथै यस्तो मास्टरकार्डबाट कारोवार गरे वापत नगद फिर्ता भुक्तानी पनि उपलब्ध गराउने योजना बैंकले ल्याएको छ ।

नेपालीका मुख्य चाडपर्व नजिकिँदै गर्दा ग्राहकलाई मास्टरकार्डले आर्थिक कारोबार गर्न सहयोग पुर्याउने नेपाल इन्भेष्टमेण्ट बैंकको विश्वास छ । बैंकका नौ लाखभन्दा बढी ग्राहक छन् ।

प्रकाशित समय १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु