गृहपृष्ठ सिद्धार्थ बैंकका ग्राहकलाई सुमेरु सिटी अस्पतालमा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई सुमेरु सिटी अस्पतालमा छुट

siddhartha_bank-newskarobar

सिद्धार्थ बैंक र सुमेरु सिटी अस्पताल ललितपुरबीच स्वास्थ्यसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारले यस अस्पतालमा स्वास्थ्य सेवा लिँदा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा सिद्धार्थ बैंकका प्रमुख पेमेन्ट सलुसन्स् सुरेश राज महर्जन र सुमेरु सिटी अस्पतालका कम्पनी सचिव विनोद आचार्यले हस्ताक्षर गरे ।

सम्झौताअन्तर्गत बैंकका ग्राहकले डेविट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म र सिद्धार्थ बैंकका कर्मचारी तथा क्रेडिट कार्डवाहकले विशेष १२ प्रतिशतसम्मको छुट उपभोग गर्न सक्नेछन् ।

सिद्धार्थ बैंकले हाल देशभर १२६ वटा शाखा ९३ एक्स्टेन्सन काउन्टरसहित०, ९९ शाखारहित बैंकिङ सेवा र एक सय ३१ एटिएमबाट सेवा दिइरहेको छ ।

प्रकाशित समय १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु