गृहपृष्ठ प्रदेश ५ का मुख्यमन्त्री र विश्व वैंकका प्रतिनिधिबीच भेटवार्ता

प्रदेश ५ का मुख्यमन्त्री र विश्व वैंकका प्रतिनिधिबीच भेटवार्ता

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई विश्व बैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जर्वोस, बेलायती सहयोग नियोग डिएफआइडिका सुशासन हेर्ने टिम लिडर सिन्थिया रोय, युरोपियन युनियनका नेपालस्थित प्रमुख ओविद्यु, युएनडिपीका सहायक आवासीय प्रतिनिधि यमनाथ शर्मालगायत दातृ निकायको एक टोलीले भेट गरेको छ ।

टोलीले प्रदेशको विकासको प्राथमिकता, संघीयतालाई कार्यान्वयन गर्ने क्रममा प्रदेशमा हालसम्म भएका काम, समस्या र अबको गन्तव्यबारे मुख्यमन्त्री पोखरेलसँग चासो राखेको छ ।

संघ, प्रदेश र स्थानीय तहको संस्थागत संरचना, जनशक्ति, पूर्वाधार, क्षमता सम्बन्धमा सरकार, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधमा विश्व बैंक, युएनडिपी, डिएफआइडी तथा अन्य दातृ निकायको सहयोगमा निकट भविष्यमा गर्न लागिएको क्षमतासम्बन्धी आवश्यकताको पहिचानसम्बन्धी सर्वेक्षण तथा अध्ययनको बारेमा जानकारी दिनुका साथै त्यसको प्रभावकारिता र प्रयोगको बारेमा छलफल भएको थियो ।

विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिसले विश्व बैंकले प्रदेश ५ लगायत अन्य क्षेत्रमा पर्यटन विकासका लागि तयार हुँदै गरेको सहयोगसम्बन्धी आयोजनाका बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

टोलीलाई मुख्यमन्त्री शंकर पोखरेलले हाल कार्यान्वयनमा रहेका वैदेशिक सहयोगका आयोजनाहरु सम्भव भएसम्म प्रादेशिक प्राथमिकता र आवश्यकतालाई समावेश गरी अघि बढाउन आग्रह गरे । उनले प्रदेशमा सञ्चालन हुने गरी नयाँ आयोजना अघि बढाउँदा प्रदेश सरकारसँग छलफल गरी प्रदेशको सोच र प्राथमिकतालाई योगदान पुयाउने गरी अघि बढाउन आग्रह गरे ।

प्रकाशित समय १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु