गृहपृष्ठ नेपाल बंगलादेश बैंकको सगौरव बचत खातामा चाँदीको सिक्का उपहार
नेपाल बंगलादेश बैंकको सगौरव बचत खातामा चाँदीको सिक्का उपहार
नेपाल बंगलादेश बैंकले आफ्नो ग्राहकका लागि सगौरव बचत खाताअन्तर्गत दसैं शुभकामना योजना ल्याएको छ । यो योजनामा आबद्ध हुने ग्राहकले आफ्नो खातामा १ लाख रुपैयाँ वा सोभन्दा बढी निक्षेप गरी २५ ग्रामको चाँदीको सिक्का पाउन सक्नेछन् ।
योजनाअन्तर्गत ग्राहकले निःशुल्क भिसा डेविट कार्ड निःशुल्क इन्टरनेट बैंकिङ, निःशुल्क मोबाइल बैंकिङ/एसएमएस अलर्ट, निःशुल्क डिम्याट खाता, निःशुल्क आस्वा र सी-आस्वा सुविधा र एक वर्षका लागि लकर सुविधामा ५० प्रतिशत छुटको लाभ पाउन सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय १३:४७ बजे

















