गृहपृष्ठ प्रदेश २ को सरकार र देशद्रोहीबीच साठगाँठ छ : मण्डल
प्रदेश २ को सरकार र देशद्रोहीबीच साठगाँठ छ : मण्डल
पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सत्यनारायण मण्डलले प्रदेश २ को सरकार र देश टुक्र्याउन अभियानमा लागेको शक्तिबीच साठगाँठ रहेको आरोप लगाएका छन् ।
नेकपा प्रदेश २ को संसदीय दलका नेतासमेत रहेका मण्डलले प्रदेश २ सरकारको गतिविधि शंकास्पद रहेको बताए ।
काठमाडौँमा आयोजित साक्षात्कारमा उनले भने, ‘प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीसम्मले देशद्रोहीसँग सम्बन्ध बनाएका छन्,’ उनले भने, ‘त्यसैले उनीहरुका हरेक गतिविधि केन्द्र सरकारको योजनाविपरित देखिएको छ ।’
संविधान नमान्नु, मधेस नेपालको भूभागको भए पनि स्वतन्त्र मधेस भन्दै हिँड्नु, स्वतन्त्र मधेसको माग राख्दै आएका सिके राउतबारे केही नबोल्नु, प्रधानमन्त्रीलाई नटेर्नु, विदामा खोलेको भन्दै राष्ट्र बैंकको शाखामा मन्त्री आफैं गएर ताला लगाउनुलगायतका गतिविधि प्रदेश सरकारका शंकास्पद गतिविधि भएको नेता मण्डलको टिप्पणी छ ।
प्रदेश सरकारको गतिविधिकै कारण केन्द्र सरकारसँग दूरी बढीरहेको दाबी पनि मण्डलले गरे । प्रदेश सरकारले बनाएको ऐनप्रति पनि उनले असन्तुष्टि जनाए । ‘हामी प्रहरी ऐनको समर्थन गरिरहेका छौं, तर प्रकृया भने गलत छ,’ उनले भने ।
प्रदेश २ मा संघीय समाजवादी फोरम नेतृत्वको सरकार छ भने राष्ट्रिय जनता पार्टी पनि सरकारमा सहभागी छ । फोरम–राजपा गठबन्धनको सरकारलाई नेकपाको समर्थन छ ।
प्रकाशित समय १६:०३ बजे
















