गृहपृष्ठ आइएमई लिमिटेड र पल्पसा क्याफेबीच सम्झौता

आइएमई लिमिटेड र पल्पसा क्याफेबीच सम्झौता

आइएमई प्रिभिलेज कार्डवाहकलाई १५ प्रतिशत छुट

आइएमई लिमिटेड र काठमाडौंस्थित बसन्तपुरको पल्पसा क्याफेबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहकहरूले उक्त क्याफेमा १५ प्रतिशत ‘विशेष छुट’ पाउँनेछन् ।

छुट सुविधा लिन आइएमईले प्रदान गरेको प्रिभिलेज कार्ड आउटलेटमा देखाउनु पर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडका व्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र पल्पसा क्याफेका तर्फबाट प्रोपाइटर रिवाज शाहले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता २०७५ सालअसोज २४ देखि दुई वर्षसम्म लागु हुने आइएमईले जनाएको छ । आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदानगर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले जानकारी दिए ।

हाल आइएमईले १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थामार्फत रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । विदेशमा कार्यरत नेपालीहरुमा रकम पठाउनका लागि आइमएई लोकप्रीय रेमिट्यान्स कम्पनीका रुपमा रहेको छ ।

प्रकाशित समय १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु