गृहपृष्ठ पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अलपत्र

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अलपत्र

६२ वर्ष पुग्दा पनि भारतले चासो दिएन

६२ वर्षअघि सुरु भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडी वढाउन भारत उदासिन देखिएको छ । भारतले नेतृत्व गरेको समिति गठन भएको ५ महिना हुँदा पनि काम अगाडी बढेको छैन । भारतीय पक्षले चासो नदेखाउँदा आयोजनाले गति लिन नसकेको बेला नेपाली पक्षको उदासीनताले काम लथालिङ्ग भएको छ ।

६२ वर्षअघि सुरु भएको वहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यकारिणी समितिमा नेपालको तर्फवाट तीन वर्षको कार्यकाल सकिएपछि सो समितीको नेतृत्व भारतले गरेको हो । भारतले पदाधिकारी नियुक्त गरेको लामो समय हुँदा पनि काम अगाडी बढाउन चासो नदिएको नेपालको प्रतिनिधित्व गरेका सिइओ चिरञ्जीवी चटौतले बताए ।

पटक पटक विभिन्न कारण देखाएर पञ्चेश्वर परियोजनाको लागि बनाइएको दुवै देशका अधिकारी सम्मिलित विज्ञ समुहको वैठक पनि बसेको छैन । आयोजनाको डिपिआरमाथि दुबै देशका अधिकारीले टिप्पणी गर्दै ५ सय ७५ बुँदा तयार पारेको ३ सय ७३ बुँदामा सहमति भएको छ । तर, बाँकी बुँदामा छलफल र बहस गर्न नसकिएकाले आयोजनाको काम लम्बिने भएको छ ।

प्राविधिक समूह र विज्ञ समूहको वैठक पनि नबसेको एक वर्षभन्दा धेरै भएको आयोजनाको तर्फबाट नेपालको प्रतिनिधित्व गरेका सिइओ चटौतले बताए । सन १९५६ देखि सुरुवात थालिएको आयोजनाको डिपिआरको ड्राफ्ट पनि २२ वर्षअघि तयार भएपनि त्यसले अन्तिम रुप लिन सकेको छैन ।

प्रकाशित समय १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु