गृहपृष्ठ नेकपा सचिवालय बैठक बस्दै, लाग्ला त सांगठनिक अलमलको टुंगाे ?
नेकपा सचिवालय बैठक बस्दै, लाग्ला त सांगठनिक अलमलको टुंगाे ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले स्थायी समिति बैठकको ऐजेण्डासहित मिति तय गर्ने बताइएको छ । लामो समययता स्थायी समिति बैठक बस्न नसक्दा पार्टीभित्रका २१ केन्द्रीय सदस्यले बुधबार अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएका थिए ।
अपराह्न ४ बजे बस्ने बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनको थियो । एकता भएको ७ महिना पुग्दा पनि सांगठनिक अलमलको अवस्था छ । पार्टी केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन भने पोलिटव्यूरो कमिटि समेत गठन हुन सकेको छैन ।
यससँगै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको काम–कारवाहीको पनि समीक्षा हुने नेकपा स्र्रोतले जनाएको छ । नेकपा नेतृत्वमा सरकार बनेको ९ महिना भए पनि यसको काम–कारबाहीलाई लिएर नेकपाका नेता–कार्यकर्ता तथां प्रधामन्त्री पनि असन्तुष्ट छन् । प्रधानमन्त्रीले बिहीबारबाट बिभिन्न मन्त्रालयका अनुगमन थालेका छन् ।
प्रकाशित समय ०९:५३ बजे
















