गृहपृष्ठ सरकार जुम्रा मार्न हैन विकास गर्न बनेको हो : प्रधानमन्त्री अाेली

सरकार जुम्रा मार्न हैन विकास गर्न बनेको हो : प्रधानमन्त्री अाेली

‘अब जता फर्कियो, त्यता सरकार देख्नुहुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जुम्रा मार्न हैन देश विकास गर्न बनेको बताएका छन् । सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा मंगलबार प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले सकार कहाँ छ भनेर प्रश्न गर्नेहरुलाई देखाउन कार्यक्रम घोषणा गर्नुअघि नै तामझाम गरिएको बताए ।  ‘सरकार कहाँ छ भनेर देखाउन अबदेखि यस्ता कार्यक्रमको शुभारम्भ नौमती बाजा बजाएर गर्छौ ’ उनले भने ।

प्रधानमन्त्री ओलीले सरकार कहाँ छ भनेर मजदुर,श्रमजीवि र गरिबलाई सोध्न आग्रह गरे । ‘छिट्टै मेलम्ची आउँछ, काठमाडौंको सडक बढारिन्छ धोइन्छ, अनि थाहा पाउनु हुन्छ सरकार कहाँ छ’ उनले थपे, जता फर्कियो, त्यता सरकार देख्न थालेपछि विरोध गर्नेहरु चुप लाग्छन् ।

केहि दिन अघि प्रतिपक्षी कांग्रेसले सरकार बनेको नौ महिना पुग्यो कहाँ छ भन्दै जवाफ माग गरेको थियो । त्यस्तै सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा तामझाम बढी भएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

३५ लाख श्रमिक  सामाजिक सुरक्षा कोषबाट लाभान्वित हुने

सरकारले निजी क्षेत्रमा कार्यरत श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ । योसँगै निजी क्षेत्रमा काम गर्ने श्रमिकले पनि अवकाशपछि जीवनभर पेन्सन पाउने भएका छन् ।रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरिएको सामाजिक सुरक्षा कोषबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यक्रम लागू गरेको हो । कार्यक्रममा वृद्ध, औषधि उपचार, मातृत्व, अशक्त र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको हो ।निजी क्षेत्रमा काम गर्ने ३५ लाख श्रमिक यो सामाजिक सुरक्षा कोषबाट लाभान्वित हुनेछन् ।

प्रकाशित समय १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु