गृहपृष्ठ कांग्रेस जिल्ला सभापतिको भेला ककनीमा सुरु
कांग्रेस जिल्ला सभापतिको भेला ककनीमा सुरु
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला नुवाकोटको ककनीमा सुरु भएको छ । भेलामा पार्टीको प्रस्तावित विधानका बारेमा छलफल भइरहेको छ । करिब ६० जिल्लाका सभापति सहभागी भेला भोलीसम्म चल्नेछ ।
केही जिल्लाबाट सभापति आउने क्रममा नै रहेको नुवाकोट जिल्ला सभापति जगदिशनरसिंह केसीले जानकारी दिए । ‘भेलामा पार्टीको संशोधित विधानमा केन्द्रित भएर छलफल हुदैछ, साथै महासमिति बैठकलगायतका ऐजेण्डामा छलफल हुनेछ,’ नुवाकोट सभापति केसीले न्यूज कारबोरसँग भने ।
कांग्रेसको विधान मस्यौदा संशोधन समितिले केन्द्रीय समितिमा फरकमत सहित प्रतिवेदन पेस गरेको छ । उक्त प्रतिवेदनमा पदाधिकारीको संख्यादेखि सदस्यताका विषयसम्म फरक मत छन् । राष्ट्रिय राजनीति र पार्टीभित्रका अन्य विषयमा पनि जिल्ला सभापतिहरुले बुधबार र विहीबार धारणा राख्नेछन् । बिहीबारै ककनी घोषणापत्र जारी गरी जिल्ला सभापतिहरुको भेला सकिने केसीले बताए ।
प्रकाशित समय १६:३५ बजे
















