गृहपृष्ठ खजुरीमा निःशुल्क स्वास्थ्य शिविर

खजुरीमा निःशुल्क स्वास्थ्य शिविर

धनुषाको खजुरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

असहाय संरक्षण मञ्चको अगुवाईमा बुधबार जनकनन्दनी गाउँपालिका–४ खजुरी स्वास्थ्यचौकीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एक सयभन्दा बढी विरामीले स्वास्थ्य जाँच गराएका छन् ।

दाँत, हाड तथा महिलालाई हुने हुने शारिरीक समस्या सम्बन्धि रोगहरुको जाँचसँगै आवश्यक परामर्श र औषधी वितरण गरिएको छ । जनकपुरबाट डा.राजेश मण्डल, डा.अजय साह, डा. कुन्दन मिश्र, डा.अञ्जना यादव, डा.स्वाती साह लगायतका चिकित्सकहरु खजुरी पुगेका थिए ।

शिविरमा मधेशी महिला समाज नेपालले दुई शारिरीक रुपमा अशक्त व्यक्तिलाई ह्वील चेयर प्रदान गरेको छ ।

प्रकाशित समय ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु