गृहपृष्ठ जानकी मन्दिर सौन्दर्यीकरणका लागि ७ करोड २१ लाख

जानकी मन्दिर सौन्दर्यीकरणका लागि ७ करोड २१ लाख

विकासको सुरूवात जानकी मन्दिरबाट भयो : मुख्यमन्त्री

प्रदेश २ सरकारले धार्मिक स्थल जनकपुरस्थित जानकी मन्दिरको सौन्दर्यीकरण गर्ने कार्यको शुभारम्भ गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार एक कार्यक्रमका बीच हिन्दू परम्परा अनुसार वैदिकमन्त्र उच्चारण गर्दै सौन्दर्यीकरण कार्यको शिलान्यास गरेका छन् ।

प्रदेश सरकारले जानकी मन्दिर सौन्दर्यकरणका लागि ७ करोड २१ लाख  रुपैयाँ विनियोजन गरेको छ । सौन्दर्यकरणको लागि  परेरा जेवी कन्स्ट्रक्सनलार्इ ठेक्का दिइएको छ ।

ठेकेदार कम्पनीले जानकी मन्दिर परिसरमा टायल्स मार्बल, ‘अन्डरग्राउण्ड’ ढल निर्माण कार्य आउँदो अषाढ महिनामा सकिने गरि ठेक्का दिइएको छ ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश २ ले विकास निर्माणको थालनी जानकी मन्दिर सौन्दर्यीकरण शिलान्यासबाट गरेको बताए । जानकी मन्दिर सौन्दर्यकरण गर्ने कार्य सुरु भएको भन्दै मुख्यमन्त्री राउतले आगामी दिनमा यस कार्यका लागि सरकारले थप बजेट उपलब्ध गराउने उल्लेख गरे ।

विश्वभरका हिन्दुहरुको आस्थाका केन्द्रको रुपमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने जानकी मन्दिरका उतराधिकारी महन्त रामरोशन दासले बताए ।

 

यो पनि पढ्नुहोस् ।

राम-जानकी विवाह महोत्सको तयारी तीव्र, जानकी मन्दिर जोड्ने जीर्ण सडक धमाधम मर्मत हुँदै

रामजानकी विवाह महोत्सवको तयारीमा मुख्यमन्त्री राउतको चासो

विवाह महोत्सवको तयारी तीव्र, सीता-रामको स्वयम्बर २६ गते, सोही दिन विवाह

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर जनकपुर आउने

प्रकाशित समय १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु