गृहपृष्ठ दुई वर्षमै नेपालमा रेनोका २५ सय कार बिक्री
दुई वर्षमै नेपालमा रेनोका २५ सय कार बिक्री
रेनोका लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोबाइल कम्पनी (विशाल ग्रुपअन्तर्गत) ले २५००औं ग्राहक मनाएको छ । रेनो इन्डियाका उपाध्यक्ष थोमस डबरुएलले कारको साँचो ग्राहकलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रम रेनोको नक्सालको सोरुममा आयोजना गरिएको थियो । रेनोको कारको मोडल रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विड छन् । कार्यक्रममा डबरुएलले रेनोले नेपाली बजारमा आफ्नो स्थिति र बजार साझेदारीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे । उनले भने, ‘रेनोले नेपाली ग्राहकलाई सस्तो मूल्यमा उत्तम प्राविधिक उत्पादन र इन्नोभेटिभ डिजाइन नेपाली बजारमा पस्किरहने छ ।’
बहुराष्ट्रिय फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले सन् २०१६ देखि नेपालमा आफ्नो व्यापार सुरु गरेको हो । हालसम्ममा रेनो नेपाली आटोमोबाइल बजारमा शीर्ष तीन कार ब्रान्डभित्र पर्ने कम्पनीको दाबी छ ।
प्रकाशित समय १२:०० बजे

















