गृहपृष्ठ पर्यटन बोर्डका सिईओ जोशीलाई ‘च्याम्पियन इन च्यालेन्ज अवार्ड’

पर्यटन बोर्डका सिईओ जोशीलाई ‘च्याम्पियन इन च्यालेन्ज अवार्ड’

dipakraj-joshi-newskarobar

पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा पाटा नेपाल च्याप्टरका प्रथम उपाध्यक्ष दीपकराज जोशीलाई सम्मान गरेको छ । यही ८ नोभेम्बर २०१८ मा वेलायतको राजधानी लन्डनमा आयोजित ‘इन्टरनेसनल ट्राभल क्राइसिस म्यानेजमेन्ट समिट’ समारोहमा दीपकराज जोशीले ‘इन्टरनेसनल इन्स्टिच्युट फर पिस थ्रु ट्राभल एन्ड टुरिजम’ नामक संस्थाबाट प्राप्त गरेको ‘च्याम्पियन इन च्यालेन्ज अवार्ड २०१८’ नेपाली पर्यटन क्षेत्रकै लागि सम्मान तथा गौरवको विषय भएको भन्दै पाटाले जोशीलाई सम्मान गरेको हो । जोशी यो अवार्ड पाउने प्रथम नेपाली हुन् । अन्तर्राष्ट्रिय पर्यटन शान्तिदूतका रुपमा पुरस्कृत जोशीले प्राप्त गरेको यस महत्वपूर्ण उपलब्धिको सम्मान तथा उच्च कदर गर्दै यस संस्थाले उनको सम्मान गरेको पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ ।

जोशी नेपाल पर्यटन बोर्डमा सिइओ नियुक्त हुने समयमा बोर्ड विषम परस्थितीबाट गुज्रिएको थियो । एकातर्फ लामो समयदेखि बोर्डमा सिइओ खाली रहेको अवस्था, बोर्डको आर्थिक गतिविधका विषयमा अख्तियारको छानबिन, महाभूकम्प र त्यसपछि सीमा नाकाबन्दीको सामना गर्नुगरेको परिस्थतिमा उनले बोर्डको नेतृत्व सम्हालेका थिए, जतिबेला बोर्डमा जम्मा २३ जना मात्र कर्मचारी थिए भने बजेट पनि कम थियो ।

विभिन्न समस्याबाट गुज्रिएको नेपाली पर्यटनलाई माथी उठाउनु त्यतीबेला बोर्डको नेतृत्वको सामु ठूलो चुनौती थियो । जोशीले त्यो चुनौतीलाई अवसरका रुपमा लिँदै नेपाली पर्यटन बजारलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले २०१६ लाई पर्यटनको अस्तित्व रक्षाको वर्ष, २०१७ लाई पुनरोत्थानको वर्ष र २०१८ लाई उत्साह सिर्जनाको वर्षका रुपमा मनाउने नीतिअनुरुप उल्लेख्य उपलब्धिहरु हासिल गरेको तथा सन् २०१९ लाई पुनः पर्यटन नवनिर्माणको वर्षका रुपमा मनाउने कार्य योजना अघि सारेका छन् ।

कार्यक्रममा पाटा नेपाल च्यापटरका अध्यक्ष सुनिल शाक्यले बोर्डको भूमिका पर्यटन प्रवद्र्धन तथा विकासका लागि अतुलनीय रहेको बताए ।

प्रकाशित समय ०६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु