गृहपृष्ठ नबिल भिसाकार्ड प्रयोगकर्तालाई १० प्रतिशत नगद फिर्ता

नबिल भिसाकार्ड प्रयोगकर्तालाई १० प्रतिशत नगद फिर्ता

नबिल बैंकले आफ्ना भिसाकार्ड वाहक ग्राहकलाई लक्षित गरेरी ‘नबिल भिसाकार्ड क्यास ब्याक’ नामक नबिल भिसाकार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना सुरु गरेको छ । यस योजनाम नबिल भिसाकार्ड बाहक ग्राहकले १० प्रतिशत नगदै फिर्ता पाउनेछन् ।

१० प्रतिशत नगद फिर्ता योजनाअन्तर्गत कुनै पनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट/ क्रेडिट/ प्रिपेड) ग्राहकले नेपालभित्रका पीओएसबाट प्रत्येक पटक सफल कारोबारको १० प्रतिशत अथवा अधिकतम ५०० सय रुपैयाँ नगदै फिर्ता पाउनेछन् । यो योजना मंसिर १४ देखि पुस १९ सम्म लागू रहने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो योजनाले भिसाकार्डवाहक ग्राहकलाई कार्डमार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगदरहित कारोबारलाई बढावा दिनुका साथै उनीहरुलाई पीओएस तथा इकमर्सको लागि कार्डको प्रयोग बढीभन्दा बढी गर्न र विद्युतीय कारोबारलाई सजिलोसँग प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने नबिल बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए ।

प्रकाशित समय ०६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु