गृहपृष्ठ पारामाउन्ट मोटर्सको एमजी एक्सचेन्ज अफर
पारामाउन्ट मोटर्सको एमजी एक्सचेन्ज अफर
नेपालमा एमजी (मोरिस ग्यारेज)को आधिकारिक वितरक पारामाउन्ट मोर्टसले एमजी कारमा ‘एमजी एक्सचेन्ज अफर’ सुरु गरेको छ र ‘कम एन्ड अपग्रेड टु अ बेटर ड्राइभिङ एक्सपेरियन्स’ भन्ने ट्यागलाइनका साथ एमजीले सुरु गरेको एक्सचेन्ज अफर २१ गतेदेखि मंसिर २३ गतेसम्म देशभर सञ्चालन हुनेछ ।
अटोमोबाइल ग्राहकलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताले एमजीको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् । एमजीका हरेक मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ । अभियानले ग्राहकलाई एक्सचेन्ज बोनस अफर, दुई वर्षसम्मको लागि फ्रि सर्भिसिङ र आकर्षक छुटलगायतका सेवा उपलब्ध गराएको छ ।
एमजी एक्सचेन्ज अफरले ग्राहकलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारबारे जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्नेबारेमा जानकारी दिने जनाएको छ ।
प्रकाशित समय ०८:२८ बजे

















