गृहपृष्ठ द्वारिका उदय सिनेमा नयाँ प्रविधिमा
द्वारिका उदय सिनेमा नयाँ प्रविधिमा
अत्याधुनिक सुविधा सम्पन्न चलचित्र हाल खुल्ने क्रममा बुटवलमा थप नयाँ प्रविधि सहितको चलचित्र हाउस खुलेको छ । चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले बुटवलमा सुविधा सम्पन्न द्वारिका उदय सिनेमा स्थापना गरेका छन् । केहि समय अघि इटहरीमा उदय र निर्माता छविराज ओझाले यस्तै सुविधा सम्पन्न हल सञ्चालनमा ल्याएका थिए ।
लक्जरी सिट, पर्दा तथा मल्टिप्लेक्स फेजमा सो हल निर्माण गरिएको छ । टु–डी तथा थ्री–डी स्क्रिन, सराउण्डिङ्ग साउण्ड सहितको सो हल यहि मङ्सिर २८ गते देखि सञ्चालनमा आउने सञ्चालक उदयले जानकारी दिए ।
बढ्दो शहरीकरणसँगै नेपाली फिल्मको बजारलाई सुढृढ र व्यवस्थित गर्न हरेक शहरमा कम्तिमा एउटा फिल्म हलको खाँचो भएको भन्दै उनले बुटवलको राजमार्ग चौरहममा रहेको प्रधान हाईटमा उक्त सिनेमा घर निर्माण गरिएको जानकारी दिए ।
प्रकाशित समय १७:२५ बजे
















