गृहपृष्ठ विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा

विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा

विराटनगरमा हुन लागेको विराट ट्रेड एक्स्पो २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघ विराटनगरले पुष ६ गतेदेखि १२ गतेसम्म तिनपैनीमा आयोजना गर्ने एक्स्पोको तयारी तिव्र गतिमा भइरहेको छ ।

लामो समयदेखि यहाँका उद्योगीहरुले प्रर्दशनी स्थलको माग गर्दे आएपनि त्यसको पूर्वाधारमा कुनैपनि तहका सरकारले चासो नदेखाएका कारण स्थानीय खाली जग्गामा नै मेलाको आयोजना गर्न लागिएको हो ।

एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाखले अवलोकन गर्ने अपेक्षा रहेको मोरङ व्यापार संघका महासचिव नविन रिजालले जानकारी दिए । एक्स्पोमा नेपालका विभिन्न जिल्लाबाट तथा भारत, वंगलादेश, पाकिस्तान लगायतका मुलुकले समेत स्टल राख्ने उनले बताए ।

१ करोड ७ लाखको लागतमा आयोजना हुने एक्स्पोमा ३० करोड बढीको कारोबार हुने अनुमान गरेको छ । एक्स्पोमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक कक्ष, बालउद्यान तथा मनोरञ्जन र खाना कक्ष रहने छन् ।

प्रदर्शनी कक्षमा अटोमोवाइल्स, बैंक तथा वितिय संस्था, निर्माण सामाग्री, अन्तर्राष्ट्रिय औधोगिक उपकरण, कृषि, जडीबुटी, पर्यटन, दैनिक उपभोग्य सामाग्री हस्तकला, तयारी पोषाक, जुत्ताचप्पलका स्टल रहने रिजालले बताए ।

एक्स्पोमा दर्जनबढी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, फेशन सो, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम संचालन हुने छ । प्रदेशको अस्थायी राजधानी घोषणा भएपछि व्यापारिक चहलपहल समेत थप बढेको विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको मेलाले थप आकर्षण बढाउने उद्योगी व्यापारीले विश्वास लिएका छन् ।

प्रकाशित समय १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु